अन्तर्राष्ट्रिय सहकारी दिवसमा एनएमसीद्वारा बृक्षारोपण
July 8, 2018 11:51 am
मेचीनगर । ९६ औँ अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.ले बृक्षारोपण गरेको छ ।
संयुक्त राष्ट्रसंघले जारी गरेको दिगो विकास लक्ष्यसँग सम्बन्धित १७ बुँदे घोषणामध्ये १३ औँ लक्ष्य पर्यावरण संरक्षण अभियानमा एनएमसीको तर्फबाट सहकार्य गर्र्दै वृक्षरोपण गरिएको संस्थाका संचालक समिति उपाध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले जानकारी दिए ।
संस्थाको बाहुण्डाँगी कार्यालय परिसरमा विभिन्न रुख तथा फूलका विरुवाहरु रोपिएको छ । संस्था अन्तरगत बाहुन्डाँगी कार्यालय मार्फत संचालित स्टुडेन्ट सेभिङक्लबमा आवद्ध विद्यार्थीहरुमार्फत समेत कार्यालय परिसरमा बृक्षारोपण गरेको हो ।
मेचीनगर नगरपालिका बडा नं. ४ का वडा अध्यक्ष नवीन बरालको विशेष आतिथ्यता सम्पन्न कार्यक्रम सम्पन्न भएको थियो ।
July 8, 2018 11:51 am | सहकारी