भीरबाट लडेर एकको मृत्यु

July 8, 2018 10:26 am

इलाम । इलाममा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ । इलामपको माई नगरपालिका – ९ मालबाँसेमा भीरबाट लडेर स्थानीय ५५ वर्षीय गोपाल किसान रहेको प्रहरीले जनाएको छ।

घरबाट सामान किन्न हिँडेका उनी फर्केर नआएपछि परिवारले खोजी गर्ने क्रममा बाटो छेउको भीरबाट करिब २० फिट तल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए।

शुक्रबार पसल जान्छु भनेर हिँडेका गोपाललाई शनिबार मृत अवस्थामा फेला पारिएको हो। मृतक गोपालको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल इलाम ल्याइएको श्रेष्ठले बताए।

          July 8, 2018 10:26 am | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: