मन्त्रीपरिषदको निर्णयले क–कसको जागिर चट् ? यस्तो छ सूची

July 5, 2018 2:07 pm

काठमाडौं । मन्त्रिपरिषद्को २०७४ भदौपछि गरेका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेपछि दर्जनौँको पद जाने भएको छ।

बुधबार बसेको मन्त्रिपरिषद बैठकले निर्वाचन आचारसंहिता लागू भएपछि तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले आचारसंहिताविपरीत गरिएका नियुक्ति खारेज गर्ने निर्णयसँगै उनीहरूको नियुक्ति खारेज हुने भएको हो।

निर्वाचनमा वाम गठबन्धनले बहुमत हासिल गरेपछि पनि कामचलाउ बनेको देउवा सरकारले विभिन्न निकायमा राजनीतिक नियुक्ति गरेको थियो।

यसरी नियुक्ति गरिएका संस्थान, प्रतिष्ठान, पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ), नगर विकास समितिका अध्यक्ष, राष्ट्रिय युवा परिषद्का अध्यक्षसम्म छन्।

पद गुमाउनेहरूमा को को परे ?

१. दिगम्बर झा, अध्यक्ष-दूरसञ्चार प्राधिकरण

२. युवराज भुसाल, प्रमुख कार्यकारी अधिकृत (सिइओ)-राष्ट्रिय पुनर्निर्माण प्राधिकरण

३. संगीता भण्डारी, उपकुलपति-राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान

४. चन्द्रसिंह साउद, प्रमुख कार्यकारी अधिकृत-नेपाल स्टक एक्सचेन्ज

५. मीनराज चौधरी, अध्यक्ष-गुठी संस्थान

६. नारायण चौधरी, प्रशासक-गुठी संस्थान

७. राजकुमार लामा, अध्यक्ष-बौद्धनाथ क्षेत्र विकास समिति

८. नरेन्द्रराज बस्नेत, अध्यक्ष-अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति

९. निकिता पौडेल, अध्यक्ष-चलचित्र विकास बोर्ड

१०. विष्णु मिश्र, अध्यक्ष-कर्जा सुरक्षण निगम

११. वसन्तप्रकाश उपाध्याय, महाप्रबन्धक-गोरखापत्र संस्थान

१२. गंगाधर पराजुली, अध्यक्ष-न्यूनतम पारिश्रमिक निर्धारण समिति

१३. नवीनकुमार झा, अध्यक्ष-घरेलु तथा साना उद्योग विकास समिति

१४. शालिकराम सिंह, अध्यक्ष-बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्

१५. दक्ष पौडेल, सहअध्यक्ष-राष्ट्रिय सहकारी बोर्ड

१६. चन्द्रमणि पौडेल, अध्यक्ष-राष्ट्रिय परीक्षा बोर्ड

१७. भुपेन्द्रप्रसाद, अध्यक्ष-खानेपानी संस्थान (बोर्डका सदस्यसमेत)

१८. सुमन कर्ण, बाढी तथा डुबान नियन्त्रण आयोजना

१९. पर्यटन बोर्डका दीपक महत, कृष्णबहादुर महरासहित तीन सदस्य ।

२०. राष्ट्रिय युवा परिषदका जिल्ला अध्यक्षहरू

२१. देशैभरका नगरविकास समितिका अध्यक्षहरू

          July 5, 2018 2:07 pm | मुख्य समाचार,राजनीति

प्रतिकृयाहरू :

समाचारहरु: