द्वारखोलामा शिशुको शव फेला

July 4, 2018 12:16 pm

उदयपुर । चौदण्डीगढी नगरपालिका–६ बेलटार बजार नजिकै द्वाराखोला नवजात शिशुको शव फेला परेको छ। मंगलरबार बिहान पुलको दक्षिणतर्फ पानीमा शव भेटिएको हो।

इलाका प्रहरी कार्यालय बेलटारका प्रहरी निरीक्षक गंगा पौडेलका अनुसार सालनाल काटिएको अवस्थामा करिब नौ महिनाको शिशुको शव फेला परेको हो। शवको अवस्था हेर्दा अवैध रूपमा गर्भपतन गरेर फालिएको हुन सक्ने प्रहरी निरीक्षक पौडेलको भनाइ छ।

बालकको सालनाल काट्दा प्रयोग गरिएको मेडिकल धागो नाभीमै रहेकाले अवैध रुपमा गर्भपतन गराएर बालकको शव खोलामा लगेर फालेको हुन सक्ने प्रहरी निरिक्षक पौडेलको दावी छ। बालकको शव बेलटार प्राथमिक स्वास्थ्य केन्दमा राखेर अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ।

          July 4, 2018 12:16 pm | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: