मालपोत अधिकृतसहित १० जनालाई जेल

July 4, 2018 7:04 am

काठमाडौं । विशेष अदालतले सरकारी जग्गा व्यक्तिको नाममा बनाएर लालपुर्जा दिलाउने मालपोत प्रमुखसहित १० जनालाई जरिवानासहित जेल सजाय ठहर गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धन आयोगले दर्ता गरेको मुद्दामा अदालतले आंशिक दोषी ठहर गर्दै संखुवासभाका मालपोत प्रमुखसहित २ जना कर्मचारी र स्थानीय ८ जनालाई जरिवानासहितको जेल ठहर गरेको हो ।

विशेषका न्यायाधीशहरु द्धारिकामान जोशी, रत्नबहादुर बागचन्द र चण्डीराज ढकालको इजलासले मंगलबार सरकारी जग्गा व्यक्तिका नाममा दर्ता मुद्दामा मिलेमतो गर्ने कर्मचारी सहितलाई आंशिक दोषी ठहर गरेको हो । आजको नगरिक दैनिकमा समाचार छ ।

          July 4, 2018 7:04 am | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: