इन्डोनेसियामा फेरि दुर्घटनामा परी १२ को मृत्यु
July 3, 2018 9:34 pm
जार्काता । इन्डोनेसियासँग जोडिएको सामुन्द्रिक क्षेत्रमा मंगलबार भएको फेरि दुर्घटनामा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा दुई जना बालबालिकासमेत रहेको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। दुर्घटनामा परेका अरू १२५ जनालाई भने उद्धार गरिएको छ।
इन्डोनेसियामा दुई हप्ता अगाडि १६० जना बेपत्ता हुनेगरी यस्तै अर्को दुर्घटना भएको थियो। यस्ता दुर्घटना इन्डोनेसियामा बेला बेलामा भइरहने र वर्षेनी हजारौँको ज्यान जाने गरेको छ।
एजेन्सी
July 3, 2018 9:34 pm | राष्ट्रिय समाचार