खोलामा बग्दै गरेकी महिलालाई यसरी गरियो उद्धार

July 3, 2018 10:00 am

लहान । सिरहाको गोलबजारमा खोलामा बग्दै गरेकी एक महिलाको उद्धार गरिएको छ। मैनाबत्ती खोलाले बगाएर ल्याउँदै गरेको अवस्थामा वडाध्यक्ष धनप्रसाद लामालगायतले उद्धार गरी गोलबजार नगरपालिका ३ की करिब ४० वर्षीया बिना योञ्जनको ज्यान जोगाएका हुन्।

बाढीमा करिब दुई किलोमिटर बगेकी बिनाको उद्धारपछि गोलबजारस्थित हेल्थ केयर सेन्टर गोलबजारमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ। प्रहरीका अनुसार योञ्जनको अवस्था अहिले खतरामुक्त रहेको रहेको छ। उक्त वडाको विकट मानिने जरुवाबाट विकास निर्माणको योजना अनुगमन गरेर घर फर्किने क्रममा वडाध्यक्ष लामा बाटोमा पर्ने बूढी जमदह खोलामा सोमबार मध्याह्न बाढी आएपछि पारीपट्टि नै रोकिएका थिए।

‘खोलामा आएको बाढी घटेपछि घर जाउँला भन्दै पर्खेर बसेको थिएँ, त्यही बेला बाढीले बगाउँदै ल्याएको महिला देखेपछि गाउँलेहरुलाई बोलाएर उद्धार गरेँ।’ पछिल्लो तीन दिनदेखि लगातार परेको भिषण वर्षाले सिरहाका विभिन्न ठाउँको जनजीवन प्रभावित बनेको छ। वर्षात्ले सिरहाको मुख्य बजार मानिने लहान, सिरहा, मिर्चैया, सुखीपुर लगायतका ठाउँहरु वर्षात्को पानीले प्रभावित बनेका छन्। मिर्चैयास्थित नेपाल विद्युत प्राधिकरणको शाखा कार्यालयमा करिब दुई फिट पानी जमेको छ।

          July 3, 2018 10:00 am | समाज

प्रतिकृयाहरू :

समाचारहरु: