देशभर भारी बर्षा, अझै दुई दिनसम्म रहने

July 2, 2018 4:23 pm

काठमाडौँ । देश भर वर्षा भएको कारणले बाढी पैरोको जोखिम बढेको छ । मनसुन पूर्ण रुपमा सक्रिय भएसँगै देशैभर मध्यमदेखि भारी वर्षा भएको हो ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा नेपालतर्फ सरेकोले अझै दुई दिन देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम, केही स्थानमा भारी बर्षा भएको छ भने अझै दुई दिन अध्यधिक वर्षा हुने छ ।

मनसुन न्यून चापीय रेखा तराईको आसपासमै रहेकाले दुई दिनसम्म बदली र वर्षाको सम्भावना रहेको मौसमविद् सुवास रिमालले जानकारी दिए ।

महाशाखाको पछिल्लो विवरणअनुसार सोमबार सबैभन्दा बढी नेपालगञ्जमा १८७, भैरहवामा १६६, दाङमा १०६, धनगढीमा ९९, वीरेन्द्रनगरमा ८५ र विराटनगरमा ५९ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा १५ मिलिमिटर वर्षा भएको हो ।

          July 2, 2018 4:23 pm | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: