पेनाल्टी सुटआउटमा स्पेन स्तब्ध, रसिया क्वार्टरफाइनलमा

July 1, 2018 10:43 pm

स्पेनलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराउँदै रसिया विश्वकप फुटबलको क्वार्टरफाइनलमा पुगेको छ । पेनाल्टी सुटआउटमा स्पेनका कोके र लागो आसपासको प्रहार रसियाली गोलकिपरले बचाएका थिए । रुस र स्पेनबीचको खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो । पेनाल्टी सुटआउटमा रुसले स्पेनलाई स्तब्ध पारेको छ।

रुसका किपरले स्पेनका दुई पेनाल्टी रोकेका थिए। खेल अतिरिक्त समयमा पनि गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। निर्धारित ९० मिनेटमा दुवै देशले एक एक गोलको बराबरी खेलेका थिए। निर्धारित समय बराबरीमा सकिएपछि खेल खेलमा अतिरिक्त ३० मिनेट थपिएको थियो।

खेलको सुरुमा स्पेनले रुसले दिएको सुसाइड गोलमा अग्रता लिएको थियो। स्पेनले खेलको १२औँ मिनेटमा सेर्गेइ इग्नासेभिचले बल रोक्ने क्रममा आत्मघाती गोल गर्न पुगेका थिए। त्यपछि पहिलो हाफ सकिनु केही पहिले रुसका लागि आर्टेन डिज्यूबाले गोल गरेर खेललाई बराबरीमा ल्याए। आर्टेनले ४१ औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका हुन्।

          July 1, 2018 10:43 pm | खेलकुद

प्रतिकृयाहरू :

समाचारहरु: