सकियो अर्जेन्टिनाको विश्वकप यात्रा, फ्रान्स क्वार्टरफाइनलमा प्रवेश

June 30, 2018 10:05 pm

विश्वकप २०१८ को पहिलो नकआउट खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४–३ ले पराजित गरेको छ।

२–१ गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना पराजित बन्न पुगेको हो। यो पराजयसँगै अर्जेन्टिनाको विश्वकप यात्रा सकिएको छ।

फ्रान्सका एन्टोनी ग्रिजम्यानले १३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएका थिए। त्यसपछि अर्जेन्टिनाका डी मारियाले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।

दोस्रो हाफको सुरुमै अर्जेन्टिनाले अग्रता लिएको थियो। अर्जेन्टिनाका ग्याब्रियल मेकार्डोले गोल गर्दै अग्रता लिएका थिए। तर त्यो अग्रता धेरैबेर कायम रहेन।

खेलको ५७ औँ मिनेटमा बेन्यामिन पाभार्डले गोल गरे भने केइलिन एमबाप्पेले ६४ र ६८ मिनेटमा गोल गर्दै खेललाई आफ्नो पक्षमा पारे। उनी खेलको म्यान अफ द म्याच बने। खेलको अन्तिममा अर्जेन्टिनाका लागि सर्जियो अग्युरोले तेस्रो गोल गरेका थिए।

          June 30, 2018 10:05 pm | खेलकुद

प्रतिकृयाहरू :

समाचारहरु: