छालामा बेसनका फाइदाहरु

June 30, 2018 2:04 pm

बेसनको प्रयोगले छालालाई घामबाट जोगाउनुका साथै छालामा भएका दाग, डन्डिफोर पनि कम गर्छ ।

 सुक्खा तथा तैलीय छालाका लागि बेसन लाभदायक हुन्छ । तैलीय छाला हुनेहरूले बेसनमा गुलाब जल र दही मिसाएर लगाउने अनि १ घण्टापछि सफा पानीले अनुहार धुने । अनुहार नरम, सफा तथा चम्किलो देखिन्छ ।

 सुक्खा छालाका लागि बेसनमा दूध, मह तथा एक चिम्टी बेसार मिसाइएको पेस्ट लगाउँदा छाला नरम हुन्छ ।

 बेसनमा काँक्राको रस तथा गुलाब जल मिसाएर छालामा लगाउँदा छाला सफा तथा स्वस्थ हुनुका साथै चाउरी पनि कम हुन्छ ।

 बेसनमा कागती, दही तथा बेसार मिसाएर छालामा लगाई २० मिनेटपछि चिसो पानीले धुने । यसबाट छालामा चमक पैदा हुनुका साथै घामको दुष्प्रभावबाट पनि मुक्ति मिल्छ ।

          June 30, 2018 2:04 pm | रोचक कुरा / टिप्स

प्रतिकृयाहरू :

समाचारहरु: