यस्ती छिन् झरनाकी छोरी सुहानी
June 30, 2018 12:21 pm
काठमाडौं । अभिनेत्री झरना थापाकी छोरी सुहानी थापाले फिल्ममा डेब्यु गर्ने भएकी छिन् । सुहानीले फिल्म ‘ए मेरो हजुर ३’ बाट फिल्म प्रवेश गर्न लागेकी हुन् ।
झरनाकी छोरी सुहानीको होम प्रोडक्सनबाटै डेब्यु हुन लागेको हो । फिल्मको दोस्रो संस्करणलाई पनि झरना स्वयंमले निर्देशन गर्नेछिन् ।
भदौबाट छायांकन हुने फिल्म ‘ए मेरो हजुर ३’ लाई सञ्जय लामाले छायाँकन गर्नेछन् ।
June 30, 2018 12:21 pm | फोटो