‘हाइ भोल्टेज’ले लियो सुतिरहेका दुई जनाको ज्यान, तीन घाइते

June 30, 2018 10:13 am

बाँके । राप्तिसोनारी गाउँपालिका मा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।

राप्तिसोनारी– ६, मेहमानपुरका ४२ वर्षीय टिकाराम थारु र २४ वर्षीय सुरेश थारुको मृत्यु भएको प्रहरीले जनाएको छ। सुतिरहेका बेला बिहान करिब ३ बजे हाइ भोल्टेजका कारण करेन्ट लागी उनीहरूको मृत्यु भएको प्रहरी चौकी फत्तेपुर ‘ख’ का इन्चार्ज प्रहरी सहायक निरीक्षक मोहन केसीले जानकारी दिए।

घाइते ३५ वर्षीया कमला बुढाथोकी, ३५ वर्षीया तिला शाही र ३६ वर्षीय दिनेश बुढाथोकीको उपचार भेरी अञ्चल अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ। करेन्ट लागेर केही घरमा क्षति पुगेको छ। केही पशु चाैपाया पनि मरेको स्थानीय बासिन्दाले बताएका छन्। भाैतिक क्षतिको विवरण अाउन बाँकी छ।

          June 30, 2018 10:13 am | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: