दुर्घटनामा भिमबहादुर खड्काकी छोरी अन्दाजी ७ वर्षीया बालिका सुषमा खड्काको अवस्था गम्भीर छ । उनको फाप्लु अस्पतालमा उपचार भइरहेको छ । खड्कालाई काठमाडौं पठाउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी टुप्ती शेर्पाले जानकारी दिए ।
शुक्रबार बिहान को १ झ १८६० नम्बरको जीप सोलुको दूधकुण्ड नगरपालिका-११, तिङ्ला र नेचा सल्यानको सीमानामा पर्ने महादेव भीरबाट करिब साढे ७ बजेतिर तल खसेको थियो ।
घटनास्थल सदरमुकामबाट करिब १३ किलोमिटर टाढा पर्दछ । दुर्घटनालगत्तै स्थानीयबासीले उद्धार गरेका थिए । प्रहरी ढिलो मात्र घटनास्थलमा पुगेको थियो ।