सडक दूर्घटनामा चुलाचुलीका राईको मृत्यु

June 29, 2018 12:25 pm

कमल । गए राति यहाँ भएको एउटा सडक दूर्घटनामा एक युवकको मृत्यु भएको छ ।

पूर्व पश्चिम सडकखण्ड अन्तरगत कमल गाउँपालिका ४ चुलाचुलीमोडमा भएको दूर्घटनामा इलामको चुलाचुली गाउँपालिका २ बस्ने २५ वर्षीय साङ्गदेन राईको मृत्यु भएको हो ।

ट्राफिक प्रहरी पोष्ट केर्खाका इन्चार्ज प्रहरी सहायक निरीक्षक कुलबहादुर बुढाथोकीले दिएको जानकारी अनुसार गए राति साढे ८ बजे सो दूर्घटना भएको हो ।

पूर्वबाट पश्चिम जाँदै गरेको मे १ त २७९२ को ट्याक्टर र विपरित दिशाबाट आउँदै गरेको मोटरसाइकल एक आपसमा ठक्कर खाई दूर्घटना भएको थियो ।

सो दूर्घटनाबाट घाइते भएका राईको उपचारका क्रममा दमकस्थित लाईफलाईन अस्पतालमा मृत्यु भएको हो ।

          June 29, 2018 12:25 pm | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: