खतराको सूचीबाट हट्यो विश्व सम्पदा क्षेत्र

June 29, 2018 6:58 am

काठमाडौं । विश्व सम्पदाको खतराको सूचीमा राख्ने प्रस्ताव खारेज भएको छ। युनेस्कोले बहराइनमा जारी ४२ औं साधारणसभाले खतरामा नराख्ने निर्णय गरेको हो ।
भूकम्पलगत्तै सन् २०१५ देखि २०१७ सम्म लगातार विश्व सम्पदा सूचीमा सूचीकृत हुनमानढोका दरबारलगायत ७ वटा क्षेत्रलाई खतराकोे सूचीमा राख्ने चेतावनी दिएको थियो। हाल सम्पदाहरुको पुननर्निर्माण सन्तोषजनक रहेको जनाउँदै सन् २०१८ देखि खतराको सूचीमा नराख्ने निर्णय गरेको खबर समाचारपत्र दैनिकमा छ।
‘हरेक वर्ष खतराको सूचीमा राख्ने चेतावनी दिएको युनेक्कोले यो वर्ष खतराको सूचीमा राख्ने चेतावनी खारेज गरेको हो।’ पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालले भने।
          June 29, 2018 6:58 am | समाज

प्रतिकृयाहरू :

समाचारहरु: