समूह एचको अन्तिम खेल : जितेको कोलम्बिया र हारेको जापान नकआउट चरणमा

June 28, 2018 10:58 pm

काठमाडौं । विश्वकप फुटबल २०१८ को समूह एचबाट नकआउट चरणमा जाने दुई देशको टुंगो लागेको छ।
समूह एचको अन्तिम खेलमा विजय हाँसिल गर्दै कोलम्बिया र अन्तिम खेलमा पराजित भएर पनि जापान नकआउट चरणमा प्रवेश गरेका छन्। कोलम्बिया समूह विजेता र जापान उपविजेता बनेर नकआउट चरणमा प्रवेश गरेका हुन्। बिहीबार भएको खेलमा कोलम्बियाले सेनेगललाई शून्यका विरुद्ध एक गोलले पराजित गरेको हो। कोलम्बियाका लागि येरी मिनाले गोल गरे।
उनले खेलको ७४ औँ मिनेटमा गोल गरेका हुन्। उनी खेलको म्यान अफ द म्याच घोषणा भए। यता जापान भने पोल्यान्डसँग एक शून्यले पराजित भयो। जापानविरुद्ध पोल्यान्डका लागि जन बेडनारएकले ५९ औँ मिनेटमा गोल गरे। पोल्यान्डले एक मात्र खेल जितेर तीन अंकमात्र जोडेर समूहचरणबाट बाहिरियो। उता जापानले भने एक खेलमा जीत र एकमा बराबरी खेलेर चार अंक जोडेको थियो। पोल्यान्डसँग भने जापान पराजित हुनपुग्यो।
पोल्यान्डसँग जापान पराजित भएपछि उसको विश्वकप यात्रा टुंगिएको अनुमान गरिएको थियो। तर सेनेगलले पनि जीत हासिल गर्न सकेन। फलस्वरुप जापान र सेनेगलको समान ४ अंक भयो। दुवै टिमको गोल पनि बराबर भएपछी नकआउट चरण प्रवेश गर्ने टिमको टुंगो फेयर प्लेबाट लिइएको थियो। जसमा जापानले जित्यो। सेनेगलले बढी रफ खेल्नुको मूल्य चुकायो भने फेयर खेल्नुको फल जापानले पायो। अब नकआउट चरणमा जापानको भेट समूह जी को विजेता र कोलम्बियाको भेट समूह जी को उपविजेतासँग हुनेछ।
          June 28, 2018 10:58 pm | खेलकुद

प्रतिकृयाहरू :

समाचारहरु: