सञ्चार मन्त्री बाँस्कोटा झापामा

June 28, 2018 3:26 pm

झापा । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले वर्तमान सरकार स्थिर सरकार भएकाले अब आफैंले बनाएको नीति, कार्यक्रम तथा बजेट कार्यान्वयनमा केन्द्रित हुने बताएका छन् ।

नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले आज भद्रपुर विमास्थलमा सञ्चारकर्मीहरुसँग भने, जनताको चाहनाअनुसारका काम गर्ने वातावरण बनेको छ, सरकार समृद्धिको यात्रामा अघि बढेको छ ।

मुलुकको संगठनात्मक संरचना परिवर्तन भएसँगै कर्मचारीतन्त्रमा पनि अस्तव्यस्तता देखिएको पत्रकारको जिज्ञासामा मन्त्री बाँस्कोटाले भने, संघ–प्रदेश र स्थानीय तहमा कर्मचारीको व्यवस्थापन गर्ने, स्थानान्तरण गर्ने कार्य आगामी आर्थिक वर्षको सुरुबाटै हुने भएकाले सो को व्यवस्थापन हुनेछ ।

आर्थिक हिसाबले समृद्ध दुई छिमेकी मुलुकको भ्रमण गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले आपसी सम्बन्धमा विश्वासको वातावरण सिर्जना गरेकाले नेपालको सबै सकारात्मक अभियानमा दुईवटै देशबाट सकारात्मक सहयोग प्राप्त हुने नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री बाँस्कोटाले विश्वास व्यक्त गरेका छन् ।

मन्त्रालय मातहतका परियोजनाहरुको अनुगमन एवम् उद्घाटनका लागि मन्त्री बाँस्कोटा झापा आएका हुन् ।

          June 28, 2018 3:26 pm | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: