दश हजार कर्मचारी स्थानिय तहमा पठाइने
June 28, 2018 6:51 am
काठमाडौं । लामो समयदेखि कर्मचारीको किचलो झेल्दै आएको संघीय सरकारले स्थानीय तहमा थप दश हजार कर्मचारी पठाउने तयारी गरेको छ।
लामो समयदेखि केन्द्रमा हालिमुहाली गर्दै आएका कर्मचारी स्थानीय तहमा जान अटेर गरिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सो गृहकार्य अघि बढाएका हो। स्थानीय तहमा भइरहेको कर्मचारी अभावलाई असारभित्रै पूर्ति गरिने मन्त्रालयका प्रवत्ता सुरेश अधिकारीले जानकारी दिए।
राज्यलाई ढाँटेर केन्द्रमै बस्ने कर्मचारीलाई स्थानीय तहमा जान अटेर गरेमा कडा कारबाही गर्ने चेतावनीसहित मन्त्रालयले तयारी अघि बढाएको खबर नेपाल समाचारपत्र दैनिकमा छ।
June 28, 2018 6:51 am | समाज