विदेशी पाइलटको लाइसेन्स खारेज
June 28, 2018 6:38 am
काठमाडौं । उठान सुरक्षामा गम्भीर खेलाँची गरेको पुष्टि भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विदेशी पाइलटको उडान अनुमति (लाइसेन्स) खारेज गरेको छ।
प्राधिकरणले निजी क्षेत्रको हेलिकोप्टर सेवा प्रदायक कम्पनी मनाङ एयरका प्रशिक्षक पाइलट जर्ग सेजिसेनम्यानको लाइसेन्स खारेज गरेको नागरिक दैनिकमा समाचार छ। स्वीजरल्याण्डका नागरिक सेजिसेनम्याले घटना लगत्तै नेपाल छाडिसकेका छन्।
स्रोतका अनुसार मनाङ एयरको सिफारिसपछि २०७४ चैत दोस्रो साता प्रशिक्षक पाइलट सेजिसेनम्यानले प्राधिकरणबाट उडान अनुमति प्राप्त गरेका थिए। उनले गत जेठ २५ मा काठमाडौंबाट गुल्मीको रेसुंगा जाने क्रममा उड्डयन नियमविपरीत हेलिकोप्टर उडाएका थिए।
June 28, 2018 6:38 am | राष्ट्रिय समाचार