स्वीडेन समूह विजेता र मेक्सिको उपविजेता बन्दै नकआउट चरणमा
June 27, 2018 10:26 pm
काठमाडौं । विश्वकप २०१८ को समूह एफ बाट स्वीडेन र मेक्सिको नकआउट चरणमा प्रवेश गरेका छन्।
बुधबार साँझ भएको खेलमा मेक्सिकोलाई ३-० गोलले पराजित गर्दै स्वीडेन समूह चरणको विजेता बनेको हो। मेक्सिकोलाई पराजित गर्ने क्रममा स्वीडेनका लुडविग अगुस्टिन्सनले ५० औँ,एन्ड्रेस ग्रानभियस्टले ६२औँ मिनेटमा गोल गरेका थिए।
७४ औँ मिनेटमा मेक्सिकोका एडसन अल्भारेजले आत्मघाती गोल गरे र खेल ३-० को अवस्थामा पुग्यो। समूह चरणमा समान दुई दुई खेल जितेका स्वीडेन र मेक्सिकोले ६-६ अंक जोडेका थिए। तर गोल अन्तरका आधारमा स्वीडेन समूह विजेता बन्न पुगेको थियो। अब नकआउट चरणमा स्वीडेनले समूह ई को उपविजेता र मेक्सिकोले समूह ई को विजेताको सामना गर्नेछन्।
यता, समूहको अर्को खेलमा दक्षिण कोरियाले ऐतिहासिक जीत हासिल गर्दा डिफेन्डिङ च्पाम्पियन जर्मनी समूह चरणबाटै बाहिरिएको छ।
June 27, 2018 10:26 pm | खेलकुद