विश्वकपबाट बाहिरियो जर्मनी

June 27, 2018 10:11 pm

सन् २०१४ को विश्वकप विजेता जर्मनी विश्वकप २०१८ को समूह चरणबाटै बाहिरिएको छ।
जर्मनी समूह चरणको अन्तिम खेलमा दक्षिण कोरियासँग २-० ले पराजित हुँदै बाहिरिएको हो। नकआउट चरणमा जान जर्मनीलाई जीत आवश्यक थियो तर उसले एक गोल पनि गर्न सकेन। कोरियाका लागि किम योङगउन र सोन हेउनमिनले गोल गरेका थिए।
दुवै गोल निर्धारित समय सकिएपछि थपिएको समयमा भएका थिए।
          June 27, 2018 10:11 pm | खेलकुद

प्रतिकृयाहरू :

समाचारहरु: