विषाक्त मदिरा सेवनबाट ४ जनाको मृत्यु

June 27, 2018 8:26 pm

बर्दिबास । धनुषाको कमला नगरपालिकामा घरेलु मदिरा सेवन गरेका चारजनाको मृत्यु भएको छ ।

कमला नगरपालिकाको सिंग्याही मडानमा विषाक्त मदिरा सेवन गर्दा ४ जनाको मृत्यु भएको र ५ जना बिरामी परेका प्रहरीले बताएको छ ।

मृत्यु हुनेहरुमा कमला नगरपालिका ५ बस्ने ४० बर्षका रामनाथ पासवान, ५० बर्षका रामचन्द्र पासवान, ३६ बर्षका मणि पासवान र ४५ बर्षका साबिर अन्सारी रहेका छन् । प्रहरीले मृत्युको कारणबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

          June 27, 2018 8:26 pm | राष्ट्रिय समाचार,विविधा

प्रतिकृयाहरू :

समाचारहरु: