खुल्ला बक्सिङ प्रतियोगिता आजदेखि सुरु हुने

June 27, 2018 11:00 am

भद्रपुर । स्व. प्रकाश दाहाल स्मृति राष्ट्रिय खुल्ला महिला तथा पुरुष बक्सिङ प्रतियोगिता आज बुधबारदेखि सुरु हुँदैछ । ।

पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका पुत्र स्व. प्रकाशको सम्झनामा नेपाल बक्सिङ संघले काठमाण्डौको लैनचौरमा सो प्रतियोगिता गर्न लागेको हो ।

आगामी आइतबारसम्म सञ्चालन हुने प्रतियोगितामा भाग लिने झापाली खेल टोलीलाई भद्रपुरस्थित मेची रङ्गशालामा आयोजित एक कार्यक्रमकाबीच विदाई गरिएको छ ।

झापा जिल्ला खेलकुद विकास समितिले मङ्गलबार कार्यक्रम गरी बक्सिङ प्रशिक्षक डम्बर लिम्बू नेतृत्वको १५ सदस्यीय झापाली टोलीलाई विदाई गरेको हो ।

टोलीमा १३ जना खेलाडी छन् भने अफिसियलका रुपमा बक्सिङका पूर्व राष्ट्रिय खेलाडी तर्क राई सहभागी छन् ।

समितिका झापा अध्यक्ष शंकर थापाको अध्यक्षतामा भएको कार्यक्रममा समितिका प्रशिक्षण विभाग प्रमुख टार्जन सुब्बा, झापा बक्सिङ संघका अध्यक्ष सञ्जिव घोष, उपाध्यक्ष राजकुमार राई, झापा जुडो संघका सचिव गंगाबहादुर खड्कालगायतले शुभकामनासहित विदाई गरेका थिए ।

          June 27, 2018 11:00 am | विविधा

प्रतिकृयाहरू :

समाचारहरु: