सेयर लगानीकर्ताले गुमाए दुई महिनामा पौने तीन खर्ब
June 27, 2018 6:59 am
काठमाडौं । सेयर बजार निरन्तर ओह्रालो लाग्दै गएपछि लगानीकर्ताले दुई महिनामै दुई खर्ब ७३ अर्ब रुपैयाँ गुमाएका छन्। वैशाख ९ गते १६ खर्ब ८६ अर्ब ७९ करोड रहेको बजार पुँजीकरण घटेर मंगलबार १४ खर्ब १२ अर्ब ९६ करोड रुपैयाँमा आइपुगेको छ।
नेपाल स्टक एक्सचेन्ज(नेप्से) पनि यो अवधिमा २४३ विन्दुले घटेको छ। वैशाख ९ गते १४३८.४९ विन्दुमा रहेको नेप्से घटेर ११९४.८० मा आइपुगेको छ। २०७३ साउन १२ गते कीर्तिमानी १८८१.४५ विन्दुमा पुगेको नेप्से ओह्रालो लाग्दै १२ सयभन्दा तल आइपुगेको छ। समग्रमा पुँजी बजार ३३ प्रतिशतले घटेको छ। नागरिक दैनिकबाट ।
June 27, 2018 6:59 am | अर्थतन्त्र