अर्जेन्टिना र क्रोएसिया नकआउट चरणमा, यी हुनेछन् प्रतिस्पर्धी

June 27, 2018 6:27 am

काठमाडौं । विश्वकप फुटबल २०१८ को समूह डी बाट अर्जेन्टिना र क्रोएसिया नकआउट चरणमा प्रवेश गरेका छन्।

अर्जेन्टिना २-१ ले नाइजेरियासँग विजयी बनेको हो। जसका लागि कप्तान लियोनल मेसीले खेलको १४ औँ मिनेटमा गोल गरेका थिए भने प्रतिस्पर्धी नाइजेरियाका भिक्टर मोसेसले बराबरी गोल गरेका थिए। नाइजेरियाले ५१ औँ मिनेटमा पेनाल्टी पाएको थियो, जसलाई मोसेसले गोलमा परीणत गरेका थिए। अर्जेन्टिनाका लागि मार्कोस रोजोले ८६ औँ मिनेटमा विजयी गोल गरेका थिए।

लियोनल मेसी खेलको म्यान अफ द म्याच बनेका थिए। अर्जेन्टिनालाई नकआउट चरणमा प्रवेश गर्न महत्वपूर्ण मानिएको क्रोएसिया र आइसल्यान्डबीचको खेलमा क्रोएसियाले बाजी मार्‍यो। क्रोएसियाले आइसल्यान्डलाई २-१ ले पराजित गरेको थियो। क्रोएसियाका लागि खेलको म्यान अफ द म्याच समेत बनेका मिलन बदेलेजले ५३ औँ र इभान पेरिसिकले ९०औँ मिनेटमा गोल गरेका थिए।

आइसल्यान्डका लागि गोल्फी सिगुर्सनले ७६औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। समूह डी को अन्तिम खेलमा पराजय बेहोरेका नाइजेरिया र आइसल्यान्ड विश्वकपबाट बाहिरिएका छन् भने क्रोएसिया समूह चरणमा सबै खेल जित्दै समूह विजेता बनेको छ भने अर्जेन्टिनाले एक खेलमा जीत, एक बराबरी र एकमा पराजय बेहोर्दै समूहको उपविजेता बनेर अन्तिम १६ मा स्थान पक्का गरेको छ।

नकआउट चरणमा को हुनेछन् प्रतिस्पर्धी: समूह डी र समूह सी का विजेता र उपविजेताबीचमा नकआउट चरणमा प्रतिस्पर्धा हुनेछ। समूह सी को विजेता फ्रान्स र समूह डी को उपविजेता अर्जेन्टिनाबीच असार १६ गते प्रतिस्पर्धा हुनेछ। त्यस्तै समूह डी को विजेता क्रोएसिया र समूह सी को उपविजेता डेनमार्कबीच असार १७ गते खेल हुनेछ।

          June 27, 2018 6:27 am | खेलकुद

प्रतिकृयाहरू :

समाचारहरु: