विपद् व्यवस्थापन पूर्व तयारी विषयक अन्तरक्रिया

June 25, 2018 6:32 pm

कमल । झापाको कमल गाउँपालिकामा बाढीबाट हुने उच्च जोखिम र विपद् व्यवस्थापनको पूर्व तयारीका विषयमा जनप्रतिनिधी र सरोकारवाला निकायहरुसँग अन्तरक्रिया सम्पन्न भएको छ ।

कमल गाउँपालिकको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी लखनपुर उपशाखाको व्यवस्थापनमा सम्पन्न विपद् व्यवस्थापन तथा पूर्व तयारी सम्वन्धि जनप्रतिनिधी तथा सरोकारवालाहरु अन्तरक्रिया भएको हो ।

झापाका १५ वटा स्थानिय तहमध्ये कमल लगायत, कचनकवल, बाह्रदशी र गौरीगञ्ज गाउँपालिका बाढीबाट हुने उच्च जोखिममा रहेको नेपाल रेडक्रस सोसाईटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए ।

कार्यक्रमलाई नेपाल रेडक्रस सोसाईटी झापाका सभापति लोकराज ढकालले विपद् जोखिम न्यनिकरण तथा व्यवस्थापन ऐन २०७४, वाढी आउनु पूर्व अपनाउनु पर्ने सावाधनी, राहात वितरण प्रक्रिया, स्थानियतहको भूमिका लगायतका विषयमा सहजीकरण गरेका थिए ।

कमल गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समिति अध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधी संचाकर्मी, शिक्षक, संघसस्थाका प्रतिनिधी र सरोकारवालाहरुको उपस्थिति रहेको समितिका सचिव रामचन्द्र मिश्रले जानकारी दिए ।

          June 25, 2018 6:32 pm | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: