जंगली हात्तीको आक्रमणबाट एकको मृत्यु

June 25, 2018 2:50 pm

सुनसरी । जंगली हात्तीको आक्रमणबाट सुनसरीमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको बराह नगरपालिका ९ ढोलबज्याङ बस्ने सत्यनारायन चौधरीको ५० वर्षकी श्रीमती भुनियादेवी चौधरीलाई आइतबार राति जंगली हात्तीले आक्रमण गरेको थियो।

चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरी चौकी प्रकाशपुरले जनाएको छ।

चौधरीलाई भैँसी गोठमा बसिरहेको अवस्थामा हात्तीले आक्रमण गरेको र उपचारका विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा बिहान ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

          June 25, 2018 2:50 pm | राष्ट्रिय समाचार

प्रतिकृयाहरू :

समाचारहरु: