रसियन कम्पनीले माफी माग्यो
June 25, 2018 12:30 pm
रसियाको चर्चित बर्गर किंग कम्पनीले वश्वकप सुरु हुनु अगाडि खेलाडीबाट गर्भवती हुने महिलालाई जीवन भरी नै फ्री मा वर्गर दिने घोषणा गर्यो ।
उसको उक्त घोषणाले धेरैलाई आश्चर्यमा पारेको थियो। कम्पनीले अनलाइनम विज्ञापन गरी त्यस्ता महिला आवश्यकता भएको समेत बतायो। विज्ञापनमा खेलाडीद्वारा गर्भवती बनाएका महिलालाई ४५ हजार डलरसमेत दिने उल्लेख गरियो। बर्गर कम्पनीको उक्त विज्ञापनको रसिया तथा अन्य मुलुकले समेत खुलेर विरोध गरे।
विश्वकपमै रसियाको बेइज्जत गरेको भनी अन्तर्राष्ट्रिय तथा स्थानीय मिडियाले आलोचनात्मक लेख नै लेखे। सर्वत्र विरोध भएपछि बर्गर कम्पनीले महिलाहरुको सम्मानमा आँच पुर्याउने आफ्नो उद्देश्य नभएको भन्दै माफी नै माग्नुपर्यो।
June 25, 2018 12:30 pm | राष्ट्रिय समाचार