रतुवामाई बृक्षारोपणलाई बन्यजन्तु आरक्षण क्षेत्र बनाउन जोड

June 24, 2018 9:40 am

कमल । प्रदेश नम्बर १ मा सरकारी स्वमित्व रहेको एक मात्र आयोजना रतुवामाई वृक्षारोपण आयोजनालाई फलफुल खेती, घाँसे मैदान र वन्यजन्तु आरक्षण क्षेत्र बनाउनु पर्ने आज एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

झापाका कमल गाउँपालिका ३ को बृक्षारोपण आयोजनाको आज आफ्नो १० वर्षे व्यवस्थापन योजनाका विषयमा सरोकारवालाहरुसँग छलफलको क्रममा ३ हजार १ सय २५ दशमलव ३१ हेक्टर क्षेत्रफल ओगटेको क्षेत्रफललाई अधिकांश बक्ताहरुले फलफूल खेती तथा घासे मैदान र बन्यजन्तु आरक्षण क्षेत्र बनाउनु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा आयोजनाको परामर्शदाता हरित नेपाल विकास प्रालि काठमाडांैका केशव प्रसाद अर्यालले आयोजनाको दश वर्ष व्यवस्थापन योजननाको कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र माथि खुल्ला सत्रमा गरिएको छलफलमा यति ठुलो क्षेत्रफलमा फैलिएको आयोजनाले राज्यलाई तिर्ने राजस्व अत्यन्त न्युन भएकोले यस क्षेत्रमा उत्पादन मुलक फलफुल खेती, पशुपालनका लागी घाँस खेती लागाउनु पर्ने जिल्ला समन्वय समिति झापाका सभापति सोम पोर्तेलले बताए ।

उनले अहिले आयोजना भित्र के हुँदैछ यसबाट आफुहरुलाई के फाईदा हुँदैछ भन्ने कुराको स्थानीयलाई जानकारी नभएका कारण पनि आयोजनाको क्षेत्र खुम्चिदै गएको बताए ।
त्यसैगरी प्रदेश नम्बर १ का सभासद झलकसिह दर्लामीले प्रदेशले आफ्नो नीति तथा कार्यक्रममा आयोजना भित्र फलफुल खेती, पशुपालनकाका साथै वन्यजन्तु आरक्षण क्षेत्र बनाउन प्रस्ताव गरिने भएकाले आयोजनाले आफ्नो वार्षिक योजना बनाउँदा स्थानीयबासीको चाहाना अनुसार कार्यक्रम बनाउन आयोजनालाई सुझाव दिए ।

कार्यक्रममा सहभागी प्रदेश नम्बर १ का अर्का सभासद धिरेन्द्र शर्माले अतिक्रमण भएको क्षेत्र स्थानीय निकाय सँगको छलफल र समझदारी फिर्ता लिन पहल गर्नु पर्ने बताउँदै वार्षिक कति रोपियो भन्ने तथ्यांक भन्दा पनि कुन विरुवाले लामो समय आम्दानी दिन सक्छ भन्ने कुराको हेक्का राखेर विरुवा रोप्न सुझाव दिए ।

पहाडमा भन्दा तराईका वन क्षेत्र घटिरहेकोले वनको दिगो व्यवस्थापन गर्न जरुरी रहेको वन मन्त्रालयका बसन्तवाबु श्रेष्ठल बताए । उनले वनमा लगाएको विरुवालाई वैज्ञानिक वन व्यवस्थान प्रणाली अन्तर्गत करौडौको आम्दानीको स्रोत बनाउन सकिने धाराण राखे ।
अहिलेको संरचना अन्तर्गत आयोजना र स्थानीय बीच समन्वय नहुँदा वन संरक्षणमा ठुलो समस्या आएको छ । सामाजिक महत्वका विषयमा पनि आयोजनाले काम गर्न आवश्यक रहेको नेकपा पार्टी जिल्ला सचिव शिव ढुङ्गेलले बताए ।

कार्यक्रमा जिल्ला बन कार्यालयका डेफु बोजराज सवेदी, बृक्षारोपण आयोजनाका निमित्त प्रमुख खेमलाल विश्वकर्माले आयोजना देशकै गहनाको रुपमा रहेकाले स्थानीयसँग समन्वय गरी अगाडी बढाउन पनि कानुन अनुसार जाने हो भने बृक्षारोपण बाहेक अन्य काम गर्न नकिने बताए ।

आयोजनाले अहिले सम्म वन पैदावर उत्पादन, विक्री र रोजगारीको क्षेत्रमा काम गरिरहेको छ । विकले एग्रो फरेष्ट्रिका क्षेत्रका साथै सामाजिक महत्वका क्षेत्रमा समेत कामगर्नेे जानकारी दिए । कार्यक्रम बृक्षारोपण आयोजनाका लेखापाल युवराज कार्कीले सञ्चालन गरेका थिए ।

          June 24, 2018 9:40 am | अर्थतन्त्र,खेलकुद,गीत/संगीत/मनोरञ्जन,टिप्स/जानकारी,परदेश (प्रवास),प्रदेश तह,फोटो,भिडियो,राजनीति,राष्ट्रिय समाचार,रोचक कुरा / टिप्स,लोकप्रिय,विचार/ब्लग,विविधा,शिक्षा,समाज,सहकारी,स्थानीय तह,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: