उपप्रधानमन्त्री पोखरेल, पार्टीमा नेपाल , संसदीय दलको नेतामा नेम्बाङ्गलाई जिम्मेवारी

June 24, 2018 9:33 am

काठमाडाैं l प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको छ ।

६ दिने चीन भ्रमणका लागि मंगलबार चीन प्रस्थान गरेका प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री तथा रक्षामन्त्री पोखरेललाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिनुभएको हो ।

पार्टीको जिम्मेवारी माधव नेपाललाई 

प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ नेता माधवकुमार नेपाललाई दिनुभएको छ ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड देशमा नभएकाले तेश्रो बरियताका नेता नेपालले कार्यवहाक अध्यक्षको जिम्मेवारी पाउनुभएको नेकपाले जनाएको छ ।

प्रचण्ड श्रीमतीको उपचारका क्रममा सिंगापुरमा हुनुहुन्छ ।

संसदीय दलको नेताको जिम्मेवारी नेम्बाङ्गलाई 

प्रधानमन्त्री तथा नेकपाको संसदीय दलका नेता ओलीले संसदीय दलको नेताको जिम्मेवारी उप नेता सुवासचन्द्र नेम्बाङ्गलाई दिनुभएको छ ।

आफ्नो अनुपस्थितिमा संसदीय दलको जिम्मेवारी सम्हाल्नेगरि नेम्बाङ्गलाई जिम्मेवारी दिनुभएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । उज्यालो 

          June 24, 2018 9:33 am | अर्थतन्त्र,खेलकुद,गीत/संगीत/मनोरञ्जन,टिप्स/जानकारी,परदेश (प्रवास),प्रदेश तह,फोटो,भिडियो,मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचार,रोचक कुरा / टिप्स,लोकप्रिय,विचार/ब्लग,विविधा,शिक्षा,समाज,सहकारी,स्थानीय तह,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: