सवारी दुर्घटनामा एकको मृत्यु

June 24, 2018 9:31 am

झापा । पूर्व पश्चिम सडक खण्डको शिवसताक्षी १ मा अनियन्त्रित भई मोटरसाइकल पल्टदा एकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकल चालक इलाम चुलाचुली नगरपालिका–१ निवासी ३५ वर्षीय इन्द्रकुमार राई रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ आफैले चलाउँदै गरेको मे६प ७६०५ नंको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिएर मोटरसाइकल चालक राई  गम्भीर घाइते भएका थिए।

घाइते राईलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिएको थियो । उपचारको क्रममा राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ।

          June 24, 2018 9:31 am | अर्थतन्त्र,खेलकुद,गीत/संगीत/मनोरञ्जन,टिप्स/जानकारी,परदेश (प्रवास),प्रदेश तह,फोटो,भिडियो,मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचार,रोचक कुरा / टिप्स,लोकप्रिय,विचार/ब्लग,विविधा,शिक्षा,समाज,सहकारी,स्थानीय तह,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: