जलाउन लागेको शवसहित १७ मलामी नियन्त्रणमा

June 23, 2018 6:14 pm

गोरखा — भिमसेन थापा गाउँपालिका–१ मसेलस्थित निवेल घाटबाट प्रहरीले जलाउन लागेको शवसहित १७ जना मलामीलाई शनिबार नियन्त्रणमा लिएको छ ।

मृतकको हत्या आशंकामा प्रहरीले छोरासहित मलामीहरुलाई नियन्त्रणमा लिएको हो । एक साताअघि छोराको कुटाइबाट घाइते बनेकी आमाको शनिबार बिहान तीन बजेतिर मृत्यु भएको थियो । भिमसेन थापा गाउँपालिका–१ मसेलस्थित माझथोकका ३५ वर्षीय राजेश विश्व (विक) ले ७४ वर्षीय आमा विधा विश्वलाई कुटपिट गरी घाइते बनाएका थिए । मदिरा सेवन गरेका राजेशले आमालाई कुटपिट गरेका थिए ।

शरीरका विभिन्न भागमा निलडाम भएकी विधाको मृत्यु सोही कुटपिटबाट भएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । शवलाई पोस्टमार्टका लागि गोरखा अस्पतालमा राखिएको छ भने छोरा राजेशसहित अन्य मलामीहरुलाई घटनाबारे सोधपुछको काम भइरहेको डिएसपी भेषराज रिजालले बताए ।
          June 23, 2018 6:14 pm | अर्थतन्त्र,खेलकुद,गीत/संगीत/मनोरञ्जन,टिप्स/जानकारी,परदेश (प्रवास),प्रदेश तह,फोटो,भिडियो,मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचार,रोचक कुरा / टिप्स,लोकप्रिय,विचार/ब्लग,विविधा,विविधा,शिक्षा,समाज,सहकारी,स्थानीय तह,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: