भद्रपुरमा अन्तर्राष्ट्रिय योग दिवस

June 23, 2018 10:27 am

भद्रपुर । झापाको सदरमुकाम भद्रपुरमा बिहीबार योगाभ्याससहित अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।

जिल्ला आयुर्वेद स्वास्थ्य सेवा केन्द्र सञ्चालन तथा व्यवस्थापन समितिको आयोजनामा मेची रंगशालास्थित कभर्ड हलमा डेढ घण्टा योग अभ्यास गर्दै चौथो अन्तर्राष्ट्रिय योग दिवस मनाइएको हो ।

समितिका अध्यक्ष भद्रपुर नगरपालिका प्रमुख जीवनकुमार श्रेष्ठको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रमको उद्घाटन झापा क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङदेनले गरेका थिए ।

उनले व्यस्त जीवनशैली, अनियमित खानपिन, प्रदुषित वातावरणले मानिसमा विभिन्नखाले स्वास्थ्य समस्या देखापर्न थालेको भन्दै नियमित योग अभ्यासले मानिसलाई स्वस्थ रहन मद्दत पुग्ने उल्लेख गरे । उनी पूरै समय विभिन्न आसनका योग अभ्यासमा सहभागी भए ।

यसअघि विभिन्न संघ–संस्थाको सहभागितामा योग सम्बन्धी चेतनामूलक प्लेकार्डसहित र्याली निकालिएको थियो । चन्द्रगढीको लेखनाथचोकबाट शुरु भएको र्याली कभर्ड हलमा पुगेर सभामा परिणत भएको थियो ।

          June 23, 2018 10:27 am | अर्थतन्त्र,खेलकुद,गीत/संगीत/मनोरञ्जन,टिप्स/जानकारी,परदेश (प्रवास),प्रदेश तह,फोटो,भिडियो,मुख्य समाचार,राजनीति,राष्ट्रिय समाचार,रोचक कुरा / टिप्स,लोकप्रिय,विचार/ब्लग,विविधा,विविधा,शिक्षा,समाज,सहकारी,स्थानीय तह,स्वास्थ्य

प्रतिकृयाहरू :

समाचारहरु: