२०८० फागुन ९, बुधवार , ०१:३८:३१ बजे

Sajhamanch
'

भद्रपुर नगरपालिकाले आगो निभाउने ग्यास र घाँस काट्ने मेसिन हस्तान्तरण गर्यो

शुक्रवार, माघ २६, २०८०

भद्रपुर । भद्रपुर नगरपालिकाले आगलागीबाट बचाउने कार्यमा खटिने नगर भित्रका प्रहरी चौकीलाई आगो निभाउने ग्यास तथा सुन्दर वडा निर्माणका लागि वडा कार्यालयहरूलाई घाँस काट्ने मेसिन हस्तान्तरण गरेको छ ।

नगरप्रमुख गणेश पोखरेलले नगरपालिकामा एक कार्यक्रम गरी भद्रपुर वडा प्रहरी कार्यालय मातहतका प्रहरी चौकीलाई ६ वटा र सीमा सुरक्षा बलका बिओपीलाई २ वटा आगो निभाउने ग्यास सिलिण्डर हस्तान्तरण गरेका हुन् ।

यस्तै नगरका १० वटै वडालाई सफा र सुन्दर बनाउन एक–एक थान घाँस काट्ने मेसिन पनि नगरप्रमुख पोखरेलले प्रदान गरे ।

नगर प्रमुख पोखरेलले नगर भित्र आगलागी हुँदा आगलागी नियन्त्रणका लागि प्रहरी चौकी अग्रपङ्तीमा खटिने भएकाले तत्काल आगो नियन्त्रणका लागि सहयोग गर्न ग्यास सिलिण्डर प्रदान गरिएको जानकारी दिए ।

यस्तै नगरपालिकाका सार्वजनिक स्थान तथा सडक आसपास उम्रने झाडी नियन्त्रण गर्न हरेक वडालाई घाँस काट्ने मेसिन प्रदान गरिएको उनले बताए ।

शुक्रवार, माघ २६, २०८० | जिल्ला समाचार, समाज