२०८० फागुन ९, बुधवार , १०:३२:४७ बजे

Sajhamanch
'

आज पनि कोसी सरकारसँग पहिचानवादीको वार्ता

शुक्रवार, माघ २६, २०८०

काठमाडौं । कोसी सरकार र पहिचानवादीबीचको वार्ता आज पनि हुँदै छ । प्रदेश राजधानी विराटनगरस्थित बिग होटेलमा बिहीबार भएको छलफल सकारात्मक भएपछि आज पनि वार्ता हुन लागेको हो ।

सरकारी वार्ता टोलीका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुका अनुसार हिजोको छलफलमा दुवै पक्षले आ–आफ्ना कुरा राखेको बताएका थिए ।