२०८० फागुन १७, बिहिवार , ०१:४४:५७ बजे

Sajhamanch
'

बिर्तामोडका किसानलाई वडाले दियो कुटी काट्ने मेसिन

बिहिवार, माघ २५, २०८०

बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका वडा नं. ८ ले १२ जना पशुपालक किसानलाई कुटी काट्ने मेसिन प्रदान गरेको छ ।

आज बिहीबार गरामनीस्थित वडा कार्यालयमा आयोजित एक कार्यक्रममाझ वडाध्यक्ष अजय कार्कीले ती किसानलाई कुटी काट्ने मेसिन हस्तान्तरण गरेका हुन् ।

वडा कार्यालयको २ लाख रुपैयाँको बजेटले ती सामग्री खरिद गरेर वास्तविक किसानलाई वितरण गरिएको र छुटेका अरु किसानहरुलाई केही दिन पछि वितरण गरिने वडाध्यक्ष कार्कीले बताए ।

आफ्नो वडाका पशुपालक किसानलाई व्यवसायिक रुपमा पशुपालन गर्न प्रोत्साहित गर्ने क्रममा ती सामग्री सहयोग दिइएको उनले जनाए । कार्यक्रममा वडा सदस्यहरु अग्निप्रसाद पाण्डे, इन्दिरा पाण्डे, सोयालाल राजवंशी र लक्ष्मी नेपाली लगायतको उपस्थिति थियो ।

सम्बन्धित खबर