२०८० फागुन ९, बुधवार , १२:३२:५३ बजे

Sajhamanch
'

नेप्से ५.७४ अंकले बढ्यो

बिहिवार, माघ २५, २०८०

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक ०.२७ प्रतिशतले बढेको छ । नेप्से ५.७४ अंकले बढेर २०९६.३८ को विन्दुमा पुगेको छ ।

यस दिन ३१७ धितोपत्रका ९१ लाख ७१ हजार ७१० कित्ता सेयर तीन अर्ब २१ करोड २२ लाख ८३ हजार ४५३ रुपैयाँमा किनबेच भएको छ ।

१३ उपसमूहमध्ये नौवटाको समूहगत सूचक बढेको छ । चारवटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ । सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किमको सेयर मूल्य सर्वाधिक ९.०७ प्रतिशतले घटेको छ ।

सम्बन्धित खबर