२०८० फागुन १६, बुधवार , ०८:३६:३९ बजे

Sajhamanch
'

पाकिस्तान आमनिर्वाचन : मतदान जारी

बिहिवार, माघ २५, २०८०

इस्लामाबाद । पाकिस्तानको आमनिर्वाचनका निम्ति बिहीबार बिहानैदेखि देशभर मतदान सुरु भएको पाकिस्तानको निर्वाचन आयोगले जनाएको छ ।

कुल २६६ मध्ये एकबाहेक ३६५ संसद् सदस्य निर्वाचित गर्न स्थापित हजारौँ मतदान केन्द्रमा मतदान जारी छ । एकाधबाहेक सबै स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।

उमेदवारको मृत्युको कारण एक स्थानमा निर्वाचन स्थगित भएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगका प्रवक्ता सैयद नदीम हैदरले मतदान प्रक्रिया स्थानीय समयानुसार बिहान ८ देखि सुरु भई बेलुका ५ बजेसम्म निर्बाध रूपमा जारी रहने बताए ।

मतदानबाट आउँदो पाँच वर्षका निम्ति नयाँ सरकार गठन गर्ने संसद्को तल्लो सदनका २६५ सदस्य छानिनेछन् । मतदाता बिहानै मतदान केन्द्रहरूमा पुगेका आयोगले जनाएको छ ।

पाकिस्तानका चार प्रान्तीय सभाको निर्वाचन आज एकैदिन भइरहेको छ । आयोगका अनुसार १२ करोड ८० लाखभन्दा बढी पाकिस्तानी नागरिक अर्थात् देशको कुल जनसंख्याको आधाभन्दा बढी व्यक्ति आमनिर्वाचनका निम्ति मतदान गर्न योग्य मानिएका छन् ।

देशभर ९० हजार ६७५ मतदान केन्द्र स्थापना गरिएको छ । ६ हजारभन्दा बढी उमेदवार छन् ।

खैबर पख्तुनख्वा, पन्जाब, बलुचिस्तान र सिन्धसहित चार प्रान्तका निम्ति ५९० सिटमा १२ हजारभन्दा बढी उमेदवारले प्रतिस्पर्धा गर्ने आयोगले घोषणा गरेको छ ।

सम्बन्धित खबर