२०८० फागुन ९, बुधवार , १०:३२:४३ बजे

Sajhamanch
'

क्यानडाविरुद्ध नेपालले गुमायो दोस्रो विकेट, कप्तान रोहित आठ रन थपेर आउट

बिहिवार, माघ २५, २०८०

काठमाडौं । एकदिवसीय शृंखलाको पहिलो खेलमा क्यानडाविरुद्ध ब्याटिङ गरिरहेको नेपालले कप्तान रोहितकुमार पौडेललाई दोस्रो विकेटका रूपमा गुमाएको छ ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको नेपालले कप्तान रोहितलाई १४.३ ओभरमा गुमाएको हो । रोहितले नेपाली टिमको खातामा आठ रन थपे ।

जारी खेलको १५ ओभर सकिँदा नेपालले दुई विकेट गुमाएर ७३ रन बनाएको छ ।

नेपालबाट हाल क्रिजमा रहेका कुशल भुर्तेल ५१ र भीम सार्की दुई रन बनाएर खेलिरहेका छन् । त्यसअघि, नेपालले आसिफ शेखलाई व्यक्तिगत आठ रनमा गुमाएको थियो ।

यी दुई टिमले तीन खेलको एकदिवसीय शृंखला खेल्ने तालिका छ । आजको खेलपछि नेपालले शनिबार शृंखलाको दोस्रो र सोमबार तेस्रो खेल खेल्नेछ ।

सम्बन्धित खबर