२०८० फागुन २०, आइतवार , ०३:३५:५२ बजे

Sajhamanch
'

सहकारीको स्थापना दिवस सामुदायिक विद्यालयमा

बुधवार, माघ २४, २०८०

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज आफ्नो १३औं वार्षिकोत्सवका अवसरमा बिर्तामोड ९ स्थित शहीद लक्ष्मी आधारभूत विद्यालयका १०८ जना विद्यार्थीहरुलाई स्कुल व्याग प्रदान गरेको छ ।

विपन्न वर्ग र अधिकांश आदिवासी समुदायका विद्यार्थी अध्ययनरत सो विद्यालयमा पुगेर संस्था परिवारले सबै विद्यार्थीलाई एक एक थान स्कूल ब्याग प्रदान गरेका हुन् ।

संस्थाका अध्यक्ष सुवास भट्टराईको अध्यक्षता तथा बिर्तामोड वडा नं. ९ का वडाध्यक्ष हरिप्रसाद चम्लागाईंको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा संस्थाका , कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए ।

सो सामग्री हस्तान्तरण कार्यक्रममा चालू वर्षको पाँचौ सामाजिक कार्यक्रमको रुपमा विद्यार्थीहरुलाई व्याग वितरण गरिएको कार्यकारी प्रमुख बस्नेतले बताए ।

उनका अनुसार यसअघि कचनकवल ४ बनियानीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गरिनुका साथै बाह्रदशी १ भागुडुब्बा, बिर्तामोड ६ र ७ का ज्येष्ठ नागरिकलाई ब्लांकेट वितरण गरिएको थियो ।

कार्यकारी प्रमुख बस्नेतले यो वर्ष १० हजार विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गर्ने तयारी भइरहेको जानकारी दिए ।

सिम्रिक सहकारीले बचत र ऋणको कारोवारसंगै शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रमा विभिन्न कार्यक्रमहरु गर्दै आएको अध्यक्ष भट्टराईले बताए । उनले समुदाय र शेयर सदस्यको हितमा संस्थाले काम गर्दै आएको जानकारी दिए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष चम्लागाईले सो विद्यालय स्थापनाको पृष्ठभूमि बारे बताएका थिए ।

सिम्रिक साकोसका विभागीय प्रमुख विजय बस्नेतले सञ्चालन गरेको सो कार्यक्रममा सामाजिक अगुवा विष्णुमाया अधिकारी कोइरालाले आफ्नो धारणा राखेकी थिइन् ।

सम्बन्धित खबर