२०८० फागुन २०, आइतवार , ०२:३२:२७ बजे

Sajhamanch
'

एमाले झापाको बैठक दोस्रो दिन बिर्तामोडमा जारी

बुधवार, माघ २४, २०८०

झापा । नेकपा एमाले झापा जिल्ला कमिटीको आठौं पूर्ण बैठक अन्तरगत दोस्रो दिनको कार्यसूचीमा रहेको विषयमाथि अहिले जिल्ला पार्टी कार्यालयमा छलफल जारी रहेको छ ।

जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष प्रेमबहादुर गिरीको अध्यक्षतामा सचिव शिव ढुंङ्गेलले सञ्चालन गरिरहनु भएको छ । यो समाचार तयार गरिरहँदा बैठकको कार्यसूची अनुसार पालिका कमिटीका इन्चार्जहरूले रिपोर्टिङ गरिरहनु भएको छ ।

रिपाेर्टिङमा पालिकाको सांगठानिक अवस्था प्रस्तुत गरिएको छ । उहाँहरुले पालिकाको पार्टी कमिटीको सक्रियता एवम् पार्टीप्रतिको आम मानिसको धारणा संकलन गरी सुनाउनु भएको थियो ।

आजको बैठकमा पाँचवटै निर्वाचन क्षेत्रीय संयोजकहरुले राजनीतिक रिपोर्ट प्रस्तुत गर्नुहुनेछ ।

यस्तै फागुन २१ गते सुखानी शहीद स्मृति दिवसका सन्दर्भमा सप्ताहव्यापी शहीद दिवस मनाउने विषयमा छलफल हुने बैठकका अध्यक्ष गिरीले बताउनुभयो ।

बैठकमा छलफलका लागि ११औं झापा जिल्ला अधिवेशन र मातहत कमिटीको अधिवेशनको प्रस्ताव गरिएकाे छ ।

पार्टी स्थायी कमिटीका सदस्य अग्निप्रसाद खरेल, केन्द्रीय सदस्य दिपक कार्की लगायत केन्द्रीय नेता तथा प्रदेश कमिटीका नेताहरु बैठकमा उपस्थित हुनुहुन्छ ।

सम्बन्धित खबर