२०८० फागुन ९, बुधवार , ०९:१३:४७ बजे

Sajhamanch
'

हकदावी सम्बन्धी १५ दिने सार्वजनिक सूचना

बुधवार, माघ २४, २०८०

असल संस्कार र समृद्धिका लागि एनएमसी
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड
कर्पोरेट कार्यालयः मेचीनगर–६, काँकरभिट्टा

प्रथमपटक प्रकाशित मितिः २०८०/१०/२१

जिल्ला झापा बुद्धशान्ति–२ बस्ने श्री टेकनाथ खतिवडा (सदस्य नं. ५३८१८) का नाममा यस संस्थामा सेयर तथा बचत रकम रहेको र निजको २०८० साल पुस ९ गते निधन भई शेषपछिको हकदावीमा झापा जिल्ला बुद्धशान्ति–२ बस्ने निजकी श्रीमती तुलसादेवी खतिवडाले आफ्नो श्रीमानको नाममा संस्थामा मौज्दात रहेको बचत रकम फिर्ता गरी पाऊँ भनी यस कार्यालयमा मिति २०८० साल माघ २ गते निवेदन दिई हकदाबी गरेको हुँदा यो १५ दिने सार्वजनिक सूचना प्रकाशित गरिएको छ । यसमा निवेदकलाई बचत फिर्ता गरिदिनु नपर्ने कुनै कारण वा कसैको हकदाबी भए सप्रमाण म्यादभित्र उपस्थित भई दाबी गर्न आउनहुन यो सूचना जारी गरिएको छ । अन्यथा कानुन बमोजिम भई जानेछ । पछि कसैको उजुर बाजुर लाग्ने छैन ।

एनएमसी शनिश्चरे कार्यालय

बुधवार, माघ २४, २०८० | विज्ञापन

सम्बन्धित खबर