२०८० फागुन ८, मङ्गलवार , ०८:५१:५५ बजे

Sajhamanch
'

परराष्ट्रमन्त्री साउद बुधबार अष्ट्रेलिया र न्युजिल्यान्डको भ्रमणमा जाने

बुधवार, माघ २४, २०८०

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद अष्ट्रेलिया र न्युजिल्यान्डको भ्रमणका लागि बुधबार ९आज० त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
परराष्ट्र मन्त्रालये मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री साउदले अष्ट्रेलिया र न्युजिल्यान्डको भ्रमण गर्ने जनाएको हो ।

परराष्ट्रका अनुसार सुरुमा उनी अष्ट्रेलिया जानेछन् । अष्ट्रेलिया सरकार र इन्डिया फाउन्डेसनले संयुक्तरूपमा यही माघ २६ र २७ गते आयोजना गर्ने ‘सातौँ हिन्द महासागर सम्मेलन’मा सहभागी हुन परराष्ट्रमन्त्री साउद अष्ट्रेलिया जान लागेका हुन् । सम्मेलन पर्थमा हुनेछ ।
परराष्ट्रमन्त्री साउदले माघ २७ गते सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । पर्थमा परराष्ट्रमन्त्रीले अष्ट्रेलियाका विदेशमन्त्री पेनी वोङसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अष्ट्रेलियाबाट परराष्ट्रमन्त्री साउद न्युजिल्यान्ड जानेछन् । फागुन २ गते उनले न्युजिल्यान्डका विदेशमन्त्री विन्स्टन पिटर्ससँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम छ । उनी फागुन ३ गते स्वदेश फर्कने परराष्ट्रले जनाएको छ

सम्बन्धित खबर