२०८० फागुन ८, मङ्गलवार , ०७:४५:०८ बजे

Sajhamanch
'

पाकिस्तानी अधिकारीद्वारा अरब सागरमा फसेका नौ भारतीयको उद्धार

मङ्गलवार, माघ २३, २०८०

इस्लामावाद । पाकिस्तानी नौसेना र समुद्री सुरक्षा एजेन्सीका अधिकारीहरूले अरब सागरको खुला समुद्रमा फसेका नौ भारतीय नागरिकहरूलाई उद्धार गरेको जनाएका छन् । अधिकारीका अनुसार भारतीय नागरिकहरू खुला समुद्रमा २४ घण्टासम्म डुंगामा फसेका थिए ।

पाकिस्तानी सुरक्षा एजेन्सीहरू घटनास्थलमा पुगी सफल उद्धार अभियान सञ्चालन गरेको सेनाको सञ्चार शाखा इन्टर–सर्भिस पब्लिक रिलेसन्स (आइएसपीआर)ले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

फसेका मानिसहरूको बारेमा जानकारी पाएपछि खोजी र उद्धार अभियान सुरु गरिएको पाकिस्तानी नौसेनाका अधिकारीहरूले डुंगामा देखिएको प्राविधिक समस्याहरू समाधान गरी उद्धार गरेको आइएसपीआरले जनाएको छ ।

पाकिस्तानी उद्धार टोलीले प्रभावित भारतीय नागरिकलाई चिकित्सकीय सहयोगका साथै संकटग्रस्त डुंगाको सुरक्षा समेत सुनिश्चित गरेको बताएको छ ।

सम्बन्धित खबर