२०८० फागुन ८, मङ्गलवार , ०७:४५:०७ बजे

Sajhamanch
'

नेप्से ९.४४ अंकले बढ्यो

मङ्गलवार, माघ २३, २०८०

काठमाडौं । सेयर बजार मापक नेप्से परिसूचक ०.४५ प्रतिशतले बढेको छ । मंगलबार नेप्से ९.४४ अंकले बढेर २०८५.७१ को विन्दुमा पुगेको छ ।

यस दिन ३१५ धितोपत्रका ७६ लाख २४ हजार ३७६ कित्ता सेयर दुई अर्ब ५९ करोड १५ लाख ३४ हजार ९०७ रुपैयाँमा खरिद–बिक्री भयो ।

१३ उपसमूहमध्ये ११ को समूहगत सूचक बढेको छ । दुईवटाको समूहगत सूचक घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको छ । साम्लिङ पावर कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

सम्बन्धित खबर