२०८० फागुन १७, बिहिवार , १२:३८:५१ बजे

Sajhamanch
'

कांग्रेस नेता तथा पूर्व मन्त्री बुढाथोकीको निधन, आजै कनकाई माइमा दाहसंस्कार गरिने

मङ्गलवार, माघ २३, २०८०

शिवसताक्षी। नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधन भएको छ । झापाको अर्जुनधारा निवासी बुढाथोकी प्रोस्टेट क्यान्सर रोगबाट पीडित थिए । उनको उपचारको क्रममा सोमबार राति ११ः३० बजे निधन भएको हो । नेपाली कांग्रेस अर्जुनधाराका सभापति हेमराज खरेलले उनको निधन भएको पुष्टि गरे ।

बिराट नर्सिङ होम बिराटनगरमा उनको उपचार भईरहेको थियो । उनी दुईपटक मन्त्री भएका थिए । उनी पञ्चायतकालमा जलस्रोत राज्यमन्त्री र पछिल्लो पटक सामान्य प्रशासन मन्त्री भएका थिए ।

करिब चार बर्षदेखि प्रोष्टेट क्यान्सरसँग लडिरहेका नेता बुढाथोकी लामो समय भारतमा उपचार गराएर फर्किएपछि एकसाता अघिदेखि थप समस्या उत्पन्न भएपछि अस्पताल भर्ना गरिएको थियो ।
उनको पार्थिव शरीरलाई अर्जुनधारा ८ स्थित निजी निवासमा ल्याइएको छ ।

बिहान ८ बजेदेखि १०ः३० बजेसम्म घरमै वैदिक कर्म हुनेछ भने ११ बजेदेखी १ बजेसम्म जिल्ला पार्टी कार्यलायमा श्रद्धाञ्जली सभा हुने नेपाली कांग्रेस जिल्ला समितिले जनाएको छ । अपरान्ह १ बजेपछि नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालयबाट शबयात्रा शुरु गरी पवित्र कनकाई नदीमा हिन्दु बिधिपूर्वक दाहसंस्कार गरिने भएको छ ।

नेपाली कांग्रेस झापाका पदाधिकारीको आकस्मिक बैठकले पार्टीका पुर्व निर्धारित समुदायमा कांग्रेस लगयतका सबै औपचारिक कार्यक्रमलाई तीन दिनलाई स्थगित गरेको शिवसताक्षी सभापति अशोक बस्नेतले बताए ।

बस्नेतका अनुसार जिल्ला पार्टीकार्यालय लगायत जिल्लाका सबै तहका पार्टी कार्यालय आज एकदिन बिदा रहने र तीनदिन पार्टी कार्यालयमा पार्टीको चारतारे झण्डा आधा झुकाइने भएको छ ।
भोलीबाट पार्टी कार्यालयमा स्वर्गीय नेता बुढाथोकीको शोक पुस्तिका राखिने भएको छ ।

सम्बन्धित खबर