२०८० फागुन १९, शनिवार , १०:३३:५३ बजे

Sajhamanch
'

विमानस्थलमा २५ हजार अमेरिकी डलरसहित पक्राउ परे चिनियाँ नागरिक

सोमवार, माघ २२, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

अवैध रुपमा लुकाएर लान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय क्यू विनक्यानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आइतबार राति उनको साथबाट एक सय दरको २५० थान अमेरिकी डलर बरामद भएको प्रहरीको भनाइ छ ।

चाइना साउर्दनको उडानमार्फत उनी काठमाडौंबाट चीनको गोन्जाउ जान लागेका थिए । त्यसक्रममा मिवानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ प्रस्थानको ह्याण्ड ब्यागेज चेकिङ क्षेत्रमा उनको ब्यागभित्र अवैध डलर फेला परेको थियो ।

पक्राउ परेका चिनियाँ नागरिकमाथि थप कारबाही र अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाइएको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर