२०८० फागुन १७, बिहिवार , ०७:३२:४८ बजे

Sajhamanch
'

दाङमा किशोरी बलात्कार आरोपमा दुईजना पक्राउ

सोमवार, माघ २२, २०८०

काठमाडौं । दाङमा १५ वर्षीया किशोरीको बलात्कार आरोपमा दुईजना पक्राउ परेका छन् । आइतबार (हिजो) दिउँसो प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा तुलसीपुर नगरपालिका–१२, हरिपौराका २१ वर्षीय अशोक चौधरीसहित दुईजना छन् । शनिबार राति तुलसीपुर–११, गैरागाउँस्थित नर्सरीमा लगेर ती किशोरीको बलात्कार गरेको उनीहरूमाथि आरोप छ ।

बलात्कारको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

सम्बन्धित खबर