२०८० फागुन १६, बुधवार , ०९:४६:४७ बजे

Sajhamanch
'

नेपाल मुस्लिम इत्तेहाद संगठनको झापामा नयाँ नेतृत्व

आइतवार, माघ २१, २०८०

झापा । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल मुस्लिम इत्तेहादको दोस्रो जिल्ला अधिवेशन आज सम्पन्न भएको छ ।

झापा गाउँपालिकास्थित नेपाल रेडक्रस सोसाइटी कुमरखोद उपशाखाको सभाहलमा सम्पन्न जिल्ला अधिवेशनले जलाल अलीको नेतृत्वमा १२ सदस्यीय नयाँ जिल्ला कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो ।

संगठनको उपाध्यक्षद्वयमा मुर्सेद अली र साविर अन्सारी, सचिवमा नविना खातुन, सहसचिवद्वय मोहम्मद इस्लाम र इसाक आलम चयन भएका छन । त्यसैगरी सदस्यहरुमा नेहा खातुन, अख्तर आलम, मनेरुल हक, जाकिर हुसेन, समिना खातुन र समसाद मियाँ सर्वसम्मत चयन भएका संगठनका कोशी प्रदेश उपाध्यक्ष साजेमाल शेखले जानकारी दिए ।

संगठनका केन्द्रीय सचिव अफ्रोज खान, संगठनका प्रदेश कमिटी अध्यक्ष आजिम आलम, उपाध्यक्ष साजेमाल शेख, नेकपा एमाले प्रदेश कमिटी सचिवालय सदस्य एवं क्षेत्र नं. ४ का सहइञ्चार्ज चन्द्रकुमार शेर्मा लगायतले अधिवेशन उद्घाटनका अवसरमा मन्तव्य राखेका थिए ।

संगठनका कार्यवाहक अध्यक्ष साविर अन्सारीको अध्यक्षतामा भएको कार्यक्रममा संगठनका केन्द्रीय महासचिव एवं नेकपा एमालेका केन्द्रीय सदस्य तैयव हुसेनको प्रमुख आतिथ्य रहेको थियो । सचिव जलाल अलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहसचिव मुर्सेद अलीले गरेका थिए ।

सम्बन्धित खबर